शहरी विकासमन्त्रीलाई भेटेर गगन थापाले दिए तीन सुझाव

    
शहरी विकासमन्त्रीलाई भेटेर गगन थापाले दिए तीन सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर तीन वटा सुझाव दिएका छन् ।

मन्त्री चौधरीसँगको भेट र भएको छलफलबारे थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । आफूले दिएको सुझावमा मन्त्री चौधरी सकारात्मक रहेको पनि थापाले जनाएका छन् । चौधरीले काम अगाडि बढाउने प्रतिबद्धता जनाएको थापाको भनाइ छ ।

यी हुन् थापाले दिएका तीन सुझावः

१) काठमाडौं उपत्यकाभित्रका सडकलाई पैदलयात्रीमैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनःस्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्ने । काठमाडौं उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर यो आयोजना सञ्चालन गर्ने ।

२) काठमाडौं उपत्यका विकास प्राधिकरणको ऐन संसोधन गरेर, यसको सञ्चालक समितिमा काठमाडौं उपत्यकाका सम्पूर्ण महानगर-नगरपालिकाको प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने । यो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढल जस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्ने ।