फ्रान्सबाट शोभा गजुरेलको जीवनयात्रा स्मरण, भाग- ८ उनकै शब्दमा

    
फ्रान्सबाट शोभा गजुरेलको जीवनयात्रा स्मरण, भाग- ८ उनकै शब्दमा

समयको खेल अनी प्राकृतिक प्रकोप जिबन को उत्तार चढाबहरु निरन्तर रुप मा आइनै रहन्छ । सुख त पाहुना हुन्छन दु:ख हरु नै त साथी हुन । यो मेरो जिबन मा पनि लागु नहुने कुरा भएन । राममाडी मेरो जुन घर मा म जन्मिए ठुलो घर माथि सबै भन्दा अग्लो अनी अग्लो ठाउमा अगाडि बार्दली बिचमा सुत्ने कोठा हरु अनी पछाडि ठुलो बूर्जा वरिपरी काठै बाट बनाइएका रेलिङ ।

बूर्जाबाट तल हेर्यो भने बाटो मा टाढा टाढा बाट आउदै जादै गरेका गाउले आफन्त सबै लाई देख्न सकिन्थ्यो । राती मधुरो बत्ती, टुकी र लाल्टिन् बल्दा पनि ढुङेबास बजार धपक्कै बलेकि बेहुली झै लाग्दथ्यो । तल पुरै भान्सा अलिकता भाग मा अलिमाथि उठाइ बनाइयको चौको जहाँ दुइमुखे चुलो रहेको थियो बिहान बेलुका को खाना त्यहा पाकाइन्थ्यो । त्यहा त्यो चौको माथि बर्तबन्ध गरेका छोरा विवाह भएका छोरी बुहारी ज्वाइ र हजुरबुवा हजुरआमा लाई मात्रै जाने अधिकार थियो हामी केटाकेटी ले कहिले चौकोमा जाने अधिकार नै पाएनौ ।

खाना खायर सकिए पछी हरेक दिन बिहान बेलुकै त्यो चुलो लाई रातो माटोले पोतेर राखिन्थ्यो । त्यो रातो माटोले रङिय पछी तिनी जुठो मुक्त बन्थिन । खाना पकाउने ठाउँ र खाने ठाउँ सफा राख्नु त्यस्को उदेस्य थियो ।। अर्को छेउमा ओदान राखेर बनाइयको अगेनो थियो त्यहा भने हामी सबै ले जान पाउने बिहान् बेलुका दुध तताउने चीया पकाउने र दिउसो को खाजा भने अगेना मै बनाउनु हुन्थ्यो । जाडो महिना मा चाँही त्यो अगेना को महत्व नै छूट्टै हुन्थ्यो वरिपरी गून्द्री ओछ्यायर परिवार का सबै सदस्य वरिपरी बस्थ्यौ ।

हजुरबुवा काकाहरुले कथा भन्नु हुन्थ्यो आमा हजुरआमा हरु ले हामी केटाकेटी लाई तेल ततायर मालिस् गरिदिनु हुन्थ्यो कथा को साथ मालिस पायर म त्यही निदाउथे अनी बोकेर माथि कोठामा लगेर सुताउनु हुन्थ्यो । ति दिनहरु साच्चै कती प्यारा लाग्थ्यो । घर को बाँया पट्टी केरा को घारी मिठा मिठा स्वाद का अनेकौ जातिका केरा दाया तिर अंबाका ठुला ठुला बोट तल खोल्सा भरी बास को झाङ अगाडि पट्टी ठुलो आगन आगन को छेउमा अर्को सानो पुरानो घर पुरानो घर नजिकै धान राख्ने ढुकुटी घरको पछाडि गाई भैंसी राख्ने गोठ यस्तो लाग्थ्यो त्यो घर स्वोर्गको एउटा ठाउँ हो ।

हजुरबुवा हजुरआमा को न्यानो काख काका फूपु हरु को माया कान्छो हजुरबुवा को घर पनि त नजिकै, थियो । त्यहा पनि मेरो राज्य नै थियो । रोइदीय पुग्ने त्यस्तो स्वोर्गको ठाउमा लामो समय बिताउन पाइन च्यान्टे दाजु ले गोरु को लागि घास काट्नु हुन्थ्यो उहाले खेति को लागि सबै काम गर्नु हुन्थ्यो हजुरबुवा को प्यारो हुनुह्न्थ्यो । उहाको घर चाँही हाम्रो भन्दा अलि माथि थियो । घर मा आमा मात्र हुनुह्न्थ्यो रे सानो मा पढ्न पाइन भंनुहुन्थ्यो हजुरबुवा लाई धेरै माया गर्नुहुन्थ्यो । बुढा बाजे भनेर बोलाउनु हुन्थ्यो ।

ठुल्दाइ ले चाँही भैंसी चराउने कुडो पकाउने घास काट्ने गर्नु हुन्थ्यो ।  घरमा काम गर्ने दाइहरुले बुवालाई राती आयको देख्नु हुने रहेछ हामीलाई बिहान आज राती हामीले प्यारो मान्छेलाई देखेको भन्नु हुन्थ्यो । तर बुवालाई देखेको कहिले भन्नु भयन । किनभने हामी बच्चा ले भन्छौ पुलिस ले लान्छ भन्ने उहहरु लाई पनि थाहा थियो । स्कूल गयर किताबि ज्ञान नलिनु भयका ति दुबै दाजु हरु को व्याबहारिक ज्ञान भने बिचित्र कै थियो । पानी को ब्यबस्था घर मै धारो नभए पनि ५ मिनेट तल आय पछी भने खाने पानी को धारो थियो ।

कान्छा हजुरबुवा को घर बाट चाँही नजिकै थियो । म बिहान् उठेर दुध खान्थे हजुरबुवा हजुरआमा ले बिहानै उठेर दुध तताउनी काम गर्नु हुन्थ्यो अनी हजुर बुवालाई पूजाको लागि पानी ल्याउने काम मेरो थियो ठुलो झर्का को अंखोरा मा धारा बाट पानील्याउथे त्यो सिदै पूजाको कोठामा जान्थ्यो । हजुरबुवा को पाठ गर्ने र पूजाको कोठा बेग्लै थियो । सबै पूजाका भाडा कहिले हजुरआमा ले त कहिले आमा ले माझ्नू हून्न्थ्यो । तामा अनी पित्तल का धेरै पूजाका भाडा थिए । हजुरबुवा बिहान २ घण्टा जती पूजा कोठामै पाठ गर्ने पूजा गर्ने गरेर बिताउनु हुन्थ्यो । हामी भने हरेक दिन पर्सादि को पर्खाइ मा बस्थियौ ।  मिस्रि या चिनी को पर्सादि मलाई असाध्य मिठो लाग्थ्यो । (लेखक गजुरेल हाल फ्रान्समा बस्छिन)