तेक्वान्दोको खुल्ला कोरियन एम्बेष्टर प्रतियोगितामा ओखलढुंगाका बिश्व राई समुहले जित्यो स्वर्ण पदक

    
तेक्वान्दोको खुल्ला कोरियन एम्बेष्टर प्रतियोगितामा ओखलढुंगाका बिश्व राई समुहले जित्यो स्वर्ण पदक

काठमाडौ । नेपाल तेक्वान्दो संघ ओखलढुंगाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक बिश्वराज बायुङ राईको समुहले कोरियन अम्बेष्टरको खुल्ला च्याम्पियन प्रतियोगिता 2024 मा गोल्ड मेडल हासिल गरेको छ । सातदोबाटो स्थित संघको खेलमैदानमा जारी प्रतियोगितामा (पुम्से तर्फ) ३० बर्ष भन्दा माथिको समुहमा रहेका राईको टिमले स्वर्ण पदक हासिल गरेको आयोजकले जनाएको छ ।

यो ५० औं संस्करणको खेल कार्तिक २ देखी ५ गते सम्म संचालन हुने छ । राई तेक्वान्दोका छौटौ डान समेत हुन । उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जितिसकेका छन । उनी तेक्वान्दोका सिनियर र अनुशासित खेलाडी हुन । राई लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशका सचिब तथा नेपाली काङ्ग्रेस ओखलढुंगा-काठमाडौ उपत्यका सम्पर्क समितिका उपसभापति समेत हुन ।