नेपाल तेक्वान्दो संघ ओखलढुंगाका अध्यक्ष राईलाई दोहोरो पदक प्राप्त

    
नेपाल तेक्वान्दो संघ ओखलढुंगाका अध्यक्ष राईलाई दोहोरो पदक प्राप्त

काठमाडौ । नेपाल तेक्वान्दो संघ ओखलढुंगाका अध्यक्ष बिश्वराज राईले एकै पटक दोहोरो पदक जित्न सफल भएका छन । उनले काठमाडौमा जारी (कोरियन)कोकिन कपको सिनियर पावर ब्रेकिङ्ग ब्याक किक र सिनियर इन्डिभिजुयल पुम्सेमा पदक जित्न सफल भएका हुन ।

राई नेपाल तेक्वान्दो संघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री, छैटौं डान प्राप्त चर्चित खेलाडी समेत हुन । तेक्वान्दोको सफल प्रशिक्षक राईले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जितिरहेका छन ।

सामाजिक क्षेत्रमा सक्रिय राई नेपाली काङ्ग्रेस ओखलढुंगा- काठमाडौ उपत्यका सम्पर्क समितिका उपसभापति, कोशी प्रदेश लोकतान्त्रिक खेलकुद समितिका सचिव समेत हुन ।