काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति गगन थापा सहित केन्द्रीय पदाधिकारीले चुनावी हार्दा पार्टी विक्षिप्त बनेको छ । कांग्रेस चुनावी हारको समीक्षा नेतृत्वको राजीनामा वा निर्वाचनमा असहयोग गरेको बाहानामा देशभरका नेता विरुद्ध अनुशासनको कारबाहीबाट सुरु गर्ने भन्नेमै अलमलमा छ ।
प्रतिनिधिसभामा लज्जास्पद पराजय भोगेको कांग्रेसमा सभापति गगन थापासहित आठ पदाधिकारीले चुनाव हारेपछि ठूलो निराशा छाएको छ । पार्टी ३८ सिटमा सिमित हुदा नैतिकताको ख्याल नगरी पुराना नेता झै पदमा टासिएर बसेको आम कार्यकर्ताको बुझाई छ । गगन र देउवामा फरक देेेखिने नैतिकताका आधारमा राजीनामा हो पार्टी स्रोतले भन्यो ।
एकथरीले गगनको राजीनामा माग्दै सिग्र महाधिवेशनको माग गरिरहेका छन् भने अर्काथरीले हारको दोष अघिल्लो नेतृत्व र जेनजी आन्दोलनलाई दिँदै गगनकै बचाउ गरेका छन । तर नैतिकता सभापतिबाटै देखिनु पर्ने आवाज उठिरहेको छ स्रोतले भन्यो ।