आगलागी पीडितलाई खतिवडाद्वारा सहयोग प्रदान

    
आगलागी पीडितलाई खतिवडाद्वारा सहयोग प्रदान

ओखलढुङ्गा । केही दिन अगाडीको आगलागीमा  ओखलढुंगाको सिद्धिचरण नगरपालिका- २ ठूलाछाप स्थित बुद्धि आचार्यको घर जलेर नष्ट भएको छ । गरिब परिवारका आचार्यको दुखमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य पुर्ब सांसद रामहरि खतिवडाले आर्थिक तथा  लत्ताकपडा सहयोग प्रदान गरेका छन ।

बस्ने घर जलेर कठिन अबस्थामा पुगेका पीडित आचार्य परिवारलाई खतिवडाले १० हजार नगद र लत्ताकपडा  सहयोग गरेका हुन । भर्खर सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित हुने जनप्रतिनिधि र टिकट लिएर निर्वाचन ताका भोट माग्न होमिएका उम्मेदवारले चासो नदेखाउदा समेत खतिवडाले सहयोग गरेको भन्दै आचार्यले धन्यवाद दिएका छन ।

विपद्का बेला सान्त्वना दिन समेत आउन नसक्ने नेताले के राजनीति गर्नु, राजनीति गर्ने भए सामाजिक उत्तरदायित्व बहन गर्ने तरिका रामहरि खतिवडाबाट सिक्नु भन्दै उपस्थित समुदायले सम्पुर्णलाई आग्रह गरेका छन ।