काङ्ग्रेसको शक्तिसंघर्ष झनझन बढ्यो, निर्वाचनको नतिजापछि केन्द्र देखि वडासम्म हिलो छ्यापाछ्याप

    
काङ्ग्रेसको शक्तिसंघर्ष झनझन बढ्यो, निर्वाचनको नतिजापछि केन्द्र देखि वडासम्म हिलो छ्यापाछ्याप

युबराज पहाडी

काठमाडौ । निर्वाचनमा एकजुट भएर आफ्नो पार्टीका उम्मेदवार जिताउन लागेका नेपाली काङ्ग्रेसका कार्यकर्ता चुनावी परिणाम पछि फेरि बिभाजित देखिएका छ्न । निर्वाचनमा अप्रत्याशित पराजयको जिम्मेवारी लिदै सभापति गगन थापाले पदबाट दिएको राजीनामा पार्टीको केन्द्रीय समितिले अस्वीकृत गरेसगै बिस्तारै पार्टीमा असन्तुष्टि बढेको हो ।

पार्टीको सर्बनास हारपछि विशेष र नियमित महाधिवेशन पक्षधर एकले अर्को पक्षलाई हारको जिम्मेवार भन्दै आरोप लगाईरहेका छन । विशेष महाधिवेशन पक्षधरले पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको आक्रोशपुर्ण अभिव्यक्ति दिइरहदा नियमित पक्षधरले नैतिक जिम्मेवारको प्रश्न उठाइरहेका छन । एक नेताका अनुसार हिजो आजका सङ्केत हेर्दा काङ्ग्रेसमा विशेष र नियमित महाधिवेशन पक्षको प्रत्येक जिल्ला जिल्लामा वारपारको संघर्ष सुरु हुने छ ।

निर्वाचन हारको नैतिक जिम्मेवारी आफ्नो नेतृत्वको सभापति तथा केन्द्रीय कार्यसमितिले लिन नसक्ने पुरानो नेतृत्वले गर्दा हार ब्यहोर्न परेकाले उसैले जिम्मा लिनुपर्छ भन्ने आसयले मुठभेडको संभावना बढिरहेको स्रोतको दाबी छ । एउटा पक्षले अर्को पक्षलाई जिम्मेवार देखाएपछी पार्टीको केन्द्र, प्रदेश र जिल्लामा नयाँ संघर्ष देखिन थालेका छन ।

निर्वाचन हारेकोमा पश्चाताप छैन । जिम्मेवार को हो, कति हो । पार्टीको मिलन बिन्दु कस्तो हुने कुनै लेखाजोखा नहुदा द्वन्द चर्कने निश्चित छ । हारको जिम्मेवारी नलिने तर दोष जति पुरानो नेतृत्वको टाउकोमा थुपार्दा पार्टीको भबिष्य के होला चिन्ता बढिरहेको एक नेताले बताए । नेता, कार्यकर्ता आरोप हेर्दा पार्टी एउटा होइन दुइवटा भएजस्तो देखिन्छ । त्यसैले नेतृत्वले विवाद समाधान गर्न नसके ठूलो दुर्घटना निम्तिन सक्छ पार्टी स्रोतले भन्यो ।