नेताहुदा गगन नैतिकवान सभापति हुदाका गगन अनैतिक

    
नेताहुदा गगन नैतिकवान सभापति हुदाका गगन अनैतिक

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसको लज्जास्पद हारपछि पार्टीमा चरम असन्तुष्टि बढेको छ । पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको युवा नेतृत्व आएकाले प्रत्यक्ष तर्फ सय सिट जित्ने आकलन गरेको तर नजिता लज्जास्पद आउदा पार्टी भित्र चरम असन्तुष्टि बढेको हो ।

सभापति थापाले यस अगाडी चुनाव हार्दा नेतृत्व विरुद्ध पटक पटक नैतिकताको पाठ सिकाउने गरेको तर आफू नेतृत्वमा पुग्ने बित्तिकै नैतिकता बिर्सिएको आरोप लागेको छ । पार्टी ३८ सिटमा खुम्चिदा आन्तरिक असन्तुष्टि बढ्ने अनुमान लगाएका पार्टीका सभापति गगन थापाले नैतिकताका आधारमा सभापतिबाट राजीनामा गर्ने मनसाय बनाएको भएपनि राजीनामा दिएका छैनन ।

राजीनामाको विषयमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेसग सल्लाह गरेका थापाले पर्ख र हेरको नीति लिएका छन पार्टी स्रोतले भन्यो । करिब १० लाख मत गुमाएको काङ्ग्रेस आन्तरिक गुटबन्दीको चङ्गुलमा फसेको छ ।

पार्टी भित्र जितजंग बस्नेत लगायत नियमित महाधिवेशन पक्षधरले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताईरहेका छन । नियमित र विशेष महाधिवेशनको पक्ष विपक्षका शक्ति बिच समानुपातिक पद बाडफाड भन्दा पछाडी वारपारको लडाइँ सुरुहुने संभावना छ स्रोतले भन्यो ।

छिटोभन्दा छिटो नियमित महाधिवेशन घोषणा गरेर पार्टी सभापतिले नैतिकताका आधारमा राजीनामा दिनु पार्टी हितमा हुने एक नेताले बताए । सिङ्गो पदाधिकारी सहित लज्जास्पद चुनाव हारेर पार्टी रसातलमा पुगेको बेला नेतृत्वले नैतिक जिम्मेवार लिदैन भने बुझ्नुस नेतृत्व अहड्ढारमा छ पार्टी स्रोतले भन्यो ।

पार्टी हारको नैतिक जिम्मेवारी लिदै सभापतिबाट थापाले राजीनामा गर्न ढिलासुस्ती गरे उनमा अहिलेसम्म बचेखुचेको भरोसा पनि टुट्ने कार्यकर्ताको चेतावनी छ । बेलैमा राजीनामा दिएर कार्यबाहक सभापति बिश्वप्रकाश शर्मालाई हस्तान्तरण गरे आगामी १५ औं महाधिवेशनमा उनको क्रेज नघट्ला तर अहड्ढार पालिराख्दा महङ्गो पर्ने निश्चित छ स्रोतले भन्यो ।