संसदको सार्बजनिक लेखा समितिका सभापति पोखरेलको श्रीमती मार्फत सहकारी ठगिमा सम्लग्नता !

    
संसदको सार्बजनिक लेखा समितिका सभापति पोखरेलको श्रीमती मार्फत  सहकारी ठगिमा सम्लग्नता !

युबराज पहाडी
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ-२ नेकपा एमालेबाट निर्बाचित साम्सद ऋषिकेश पोखरेल आफ्नै निर्वाचन क्षेत्रको स्थानीय सहकारीको रकम हिनामिना प्रकणमा मुछिएका छन् ।

उनी मोरङको धनपालथाल गाउँपालिका ४ मा रहेको उमा गौरी सहकारीको रकम अपचलनमा जोडिएको समाचार त्यहाँका स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् ।
स्थानिय एक बिध्यालयमा कार्यरत उनकी श्रीमती रन्जला कोइराला उक्त सहकारीको संचालक समिती सदस्य रहेकी थिइन भन्दै विराटनगरबाट प्रकाशित मिलीजुली खबरमा लेखा समितिका सभापति पोखरेलकि श्रीमती जोडिएको उक्त सहकारीबाट 12 करोड रकम हिनामिना गरेको उल्लेख छ । हाल उनले संचालक समितिबाट राजिनामा गरेको श्रोताको दाबी छ

समाचारका अनुसार १८ करोड ५१ लाख कुल पुँजी रकम रहेको सो सहकारीमा १२ करोड रुपैयाँ अपचलन भएको छ । यो सहकारीका संचालकले ऋण लिन आएका सदस्यहरूले सहकारीमा धितो राखेको सम्पत्तिलाई अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण लिने गरेको समेत समाचारमा उल्लेख छ ।