एमाले ओखलढुंगाका नेता कार्कीको अर्को काण्ड बाहिरियो, स्कुलको रकम झ्वाम पछी जलविद्युत काण्ड बजारमा

    
एमाले ओखलढुंगाका नेता कार्कीको अर्को काण्ड बाहिरियो, स्कुलको रकम झ्वाम पछी जलविद्युत काण्ड बजारमा

काठमाडौ । नेकपा एमाले ओखलढुंगाका नेता खड्ग बहादुर कार्की एक पछि अर्को अनियमितता काण्डमा मुछिएका छन ।  उनको निर्देशनमा ज्ञान प्रकाश माद्यामिक बिध्यालयको नाममा फर्जी खाता खोलेर २५ लाख रुपैयाँ अनियमितता गरेको काण्ड उपर छानबिन जारी रहदा अर्को काण्ड सतहमा आएको हो ।

केही समय पहिले चम्पादेबी गाउँपालिका- ६ स्थित ज्ञान प्रकाश माध्यामिक बिध्यालयको फर्जी खाताबाट रकम अनियमितता काण्डको रकम अनियमिततामा मुछिएका कार्की विरुद्ध  फेरी सोही स्थानको ठुलो खोला जलविद्युत आयोजना निर्माणको प्रयोजनमा अख्तियार दुरुपयोग गरेको उजुरी परेको हो ।

चम्पादेबी गाउँपालिकालाई पत्र पठाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीले के कति बदमासी गरेका हुन त्यसको यथार्थ जानकारी दिन १५ दिने सूचना पठाएको छ ।

उक्त आयोजनाको लागि २ करोड २५ लाख प्रत्येक स्थानीय घरधुरीबाट उठाएको रकम आयोजनाका अध्यक्ष खड्ग बहादुर कार्कीले अनियमितता गरेको उजुरी उपर सत्यतथ्य जानकारी दिन अख्तियारले गाउँपालिकालाई पत्र मार्फत तागेता गरेको हो स्रोतले भन्यो ।

एकपछी अर्को काण्डमा मुछिएका कार्की चम्पादेबी गाउँपालिका- ६ का स्थानीय बासी हुन भने गत स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षका प्रत्यासी हुन ।