लुइँटेलको आमसभामा पार्टीका सानो बिपी बिश्वप्रकाश शर्मा भोली पलापु आउने

    
लुइँटेलको आमसभामा पार्टीका सानो बिपी बिश्वप्रकाश शर्मा भोली पलापु आउने

गायक बालकुमार श्रेष्ठ र सिदार्थ आले आउने

काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाका उम्मेदवार कुमार लुइँटेल जिताउने अन्तिम  जिल्ला स्तरीय आमसभा चम्पादेबी गाउँपालिका- १ र २ को पलापुमा हुने भएको छ ।

पार्टीका केन्द्रीय उपसभापति, काङ्ग्रेसका पछिल्लो पुस्ताका बिचारक, समृद्ध नेपाल निर्माणका संम्बाहक बिश्व प्रकाश शर्माको उपस्थितिमा आमसभा हुन लागेको हो । भोलि १७ गते बिहान शर्माको उपस्थितिमा नेपाली काङ्ग्रेस ओखलढुंगाले नयाँ सन्देश दिने भएकाले हजारौं जनताको उपस्थिति रहने पार्टीका नेता रुद्र अधिकारीले बताए ।

नेपालीले आशा र भरोषा गरेका शर्मा ओखलढुंगाको पलापु आउने खबरसगै ठूलो सङ्ख्यामा ओखलढुंगाका प्रत्येक नागरिकले उपस्थिति जनाउने इच्छा राखेको पार्टी उपसभापति नबराज केसीले बताए । केसीका अनुसार गायक बालकुमार श्रेष्ठ, सिदार्थ आलेको समेत उपस्थिति रहने भएकाले यो आमसभामा हजारौंले उपस्थिति जनाउने छन ।

नेपाली काङ्ग्रेस ओखलढुंगाले जिल्लाका प्रत्येक वडामा भेला र छलफल अन्तिम चरणमा पुर्याएको छ । भोलि शर्माले विशेष सन्देश सहित ओखलढुंगा समृद्धिको खाका पस्कने छन पार्टी  स्रोतले भन्यो ।