अहिले सम्मको निष्कर्ष: कुमारको जित सुनिश्चित ! जिल्लाभरीले गर्यो भरोसा, साथ दिने स्वतस्फूर्त निर्णय

    
अहिले सम्मको निष्कर्ष: कुमारको जित सुनिश्चित ! जिल्लाभरीले गर्यो भरोसा, साथ दिने स्वतस्फूर्त निर्णय

काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाका उम्मेदवार कुमार लुइँटेल जिताउने जिल्ला स्तरीय आमसभा चम्पादेबी गाउँपालिकाको पलापुमा सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय उपसभापति बिश्वप्रकाश शर्माले कुमार लुइँटेल जिताएर पठाए जिल्लाको बिकास र समृद्धिको जिम्मा पार्टीले लिने बताए । कार्यक्रममा उपस्थितिमा जिल्ला नेतृत्व बाला अधिकारी, रामहरि खतिवडा, प्रदीप सुनुवार, तेजेन्द्र खनाल, नबराज केसी, कमल तामाङले लुइँटेल जिताउन कुनै कसर बाकी नराख्ने प्रष्ट पारे ।

नेपाली काङ्ग्रेस ओखलढुंगाले पलापुबाट बिजयको नयाँ संदेश दिएको छ । करिब ३ हजार जनताको उपस्थितिमा भएको आमसभामा पार्टी जिताउन आफ्नो सम्पुर्ण शक्ति परिचालन गरेको पार्टी नेतृत्वले प्रष्ट्याएको छ ।

स्थानीय गाउँबस्तिका आम जनताले मौन अबधि अगाडीको चुनावी माहेल कुमार लुइँटेलको पक्षमा देखिएको बताएका छन । लुइँटेलले सामाजिक क्षेत्रमा गरेको योगदान, ओखलढुंगा देखि काठमाडौमा बसोबास गर्ने नागरिकको सुखदुःखका पहरेदार रहेकाले पनि अत्याधिक जनतामा लुइँटेल प्रती मोह बढेको स्रोतहरुको दाबी छ ।