सिके राउतद्वारा श्रीमती सग समन्ध बिच्छेदको मुद्दा दायर

    
सिके राउतद्वारा श्रीमती सग समन्ध बिच्छेदको मुद्दा दायर

काठमाडौ । जनमत पार्टीका अध्यक्ष सीके राउतले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नकोलागी ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गरेका छन् । आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै बस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा उल्लेख छन् । राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् श्रोताले भन्यो ।