युबराज पहाडी
काठमाडौँ- आइतबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित विशालनगरस्थित कोइरालाकै सचिवालयमा बैठक बसेको थियो । गगन थापा समुहको उपस्थिति नहुने छनक पाएपछि कोइरालाले उक्त बैठकको सम्योजन गर्ने जिम्मा पार्टी उपसभापति धनराज गुरुङलाई दिएका थिए । गुरुङ पार्टीको उपसभापति रहेकाले थापा समूह उपसभापतिले बोलाएको बैठकमा उपस्थित हुन्छ कि भन्ने धेरैलाई लागेको थियोे तर उक्त समुहको उपस्थित बैठकमा नभए पछि 14 औं महाधिवेशनमा सगै रहेका कोइराला, थापा समुह लगभग फुटेको निष्कर्षमा नेताहरु पुगेका छ्न । डा. शेखर कोइराला र गगन थापा समुहको सहकार्य हुने सम्भावना नरहेको निष्कर्ष सहित 15 औं महाधिवेशन लक्षित देश दौडाहामा निष्कने गरी छलफल टुङ्गिएको सहभागीले बताएका छ्न ।
बैठकमा समसामयिक राजनीति, पार्टीको महाधिवेशन र सरकारका पछिल्लो काम कारबाहीको विषयमा छलफल भएको थियो । बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, केन्द्रीय गणेश लामा, बलबहादुर केसी, दीपक गिरी, गोविन्द पोख्रेल र सांसद प्रतिमा गौतम लगायतका अन्य नेताहरूको उपस्थिति थियो । केही समयअघि बसेको केन्द्रीय समितिको बैठकमा डा.कोइराला स्वयंले पार्टीको १५ औँ महाधिवेशनको मितिको बारेमा प्रश्न र संशय व्यक्त गरेका थिए ।
कोइरालाको आक्रमण महाधिवेशन लक्षित क्रियाकलाप पछि धेरैले अनुमान लगाएका छ्न 15 औं महाधिवेशनमा उनी सभापतिमा कोहि सग सम्झौता गर्न तयार छैनन् । आखिर पार्टी पनि सरकारमा सहभागी छ । किन यहीँ बेला कोइराला समूहको बैठक बस्यो ? के लागि बस्यो उक्त समूहको बैठक ? कार्यकर्ताको तहमा समेत बहस हुन थालेको छ । आम कार्यकर्ताको अनुमान पनि 14 औं महाधिवेशनमा एक भएको कोइराला, थापा समूह बिभाजन हुने पक्का छ ।
पार्टीको १५ औँ महाधिवेशनको तयारीको लागि जिल्लादेखि प्रदेशका नेताहरू दौडमा लागिसकेका छन् । केहीले आसन्न महाधिवेशनलाई लक्षित गरी आफ्नो दौडलाई तीव्रता दिने तयारी गरेका उनिहरुको क्रियाकलापले बुझिन्छ ।
हाल पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवा छन् । उनी दुई पटक सभापति भइसकेकाले आगामी महाधिवेशनमा उनको उनको उम्मेदवारी बिधानत रहने छैन । उनको उतराधिकारीको बहस समेत हुन थालेको बजारमा अड्कल बाजि छ ।
साउन ३१ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग डा. कोइरालाले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी १५ औँ महाधिवेशनमा स्वतः सभापति दाबी रहने बताएर राजनीतिमा हलचल गराईसकेका छ्न । कोइरालाको यहि घोषणा पछि थापा समूह छुट्टै कोइरालाबाट छुटिएर नयाँ तयारी गर्न पर्छ भन्ने निष्कर्षमा पुगेको श्रोतको दाबी छ ।
कोइरालाको भनाइ उदृत गर्दै ती नेताले भने, ‘उपसभापति जी अब जिल्ला-जिल्लामा गएर महाधिवेशन सफल बनाउन र आफ्नो समूहलाई विजयी गराउन सक्रिय भएर लाग्नुहोस् । धनराजलाई उनको निर्देशन छ त्यसका लागि के गर्नुपर्छ सबैथोक गर्न म तयार छु ।’ अरु को को आउछ्न भन्ने तिर नलाग्नुस उनिहरु पनि पार्टी भित्रै रहन्छ्न भनेर थापा समूह बाहिरिन सक्ने छ्नक कोइरालाले दिएको सहभागीले बताएका छ्न ।