काठमाडौ । सङ्घिय साम्सद तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले आज बसेको संसदिय बैठकमा ओखलढुंगा जिल्लाका समस्याको बारेमा सरकार र संसदको ध्यानाकर्षण गराएका छ्न । पैरे खोलाको पुल, चम्पादेबी गाउँपालिकाको ककनी मन्दिर पहिरो, सम्पुर्ण गाउँपालिकामा पहिरोका कारण अबरुद्ध सडक संजाल सुचारु गर्न, जनजिबिकाका सवाल र अन्य समस्याको समाधानका लागि आग्रह गरेका हुन । उनले जोड दिदै भने पैरे खोलाको समस्या समाधान गर्न तत्काल बेलिबृजको आवश्यकता छ भौतिक पुर्बाधार मन्त्रीले आश्वासन दिएको कुरा पूरा होस ।