काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सिन्धुली – काठमाडौँ सम्पर्क विभाग गठन भएको छ । हिजो काठमाडौमा सम्पन्न भेलाबाट सभापतिमा निशान बुढाथोकीको नेतृत्वमा नौ सदस्य समिती गठन भएको हो ।
सिन्धुली जिल्लाबाट काठमाडौ आई विभिन्न पेसा, ब्याबसायी गरेर बस्ने समुदायलाई समेट्न सम्पर्क बिभाग गठन गरिएको हो पार्टी श्रोताले भन्यो । पार्टीका केन्द्रिय उपसभापति तथा पुर्ब मन्त्री डीपी अर्याल र गणेश पराजुलीको उपस्थितिमा समिती गठन भएको हो । समितिका उपसभापतिमा नवीन खड्का र सचिबमा भोलामानसिह राउत निर्बाचित भएको सिन्धुलीका क्षेत्र नम्बर एकका क्षेत्रीय सचिब रेशम पोखरेलले जानकारी दिएका छ्न ।
निर्बाचित अध्यक्ष बुढाथोकी (तिनपाटन गाउँपालिका) उपसभापति खड्का (कमलामाई नगरपालिका) र सचिब राउत ( दुधौली नगरपालिका) का स्थानीय हुन । क्षेत्रीय सचिब पोखरेलका अनुसार सिन्धिलीमा रास्वपाको सङ्गठन बिस्तारको काम अब आक्रमक ढङ्गले अगाडी बड्ने छ । सिन्धुलीमा रास्वपालाई आगामी निर्बाचनमा पहिलो पार्टी बनाउने गरि सङ्गठन गरिने पार्टी श्रोताले प्रष्ट पारेको छ ।