पुरानो लोकभाका सिन्धुलीगढी घुमेर हेर्दा स्वर्गीय कृष्णबिक्रम थापाको स्वरमा २०३६ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको चर्चित गीत उनको छोरा राजु थापाको परिमार्जित स्वर फेरि बजारमा आएको छ । त्यो बेलाको सबैभन्दा चर्चित उक्त गीतले राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएको थियो ।
शब्द संगीत तथा स्वर स्वर्गीय कृष्णविक्रम थापाले दिएका थिए । हरेक नेपालीको ओठमा गुन्जने उक्त गीत ४६ वर्षपछि पुनः सोही गीत नयाँ स्वरमा तयार भएर आएको छ । अहिले भने उनकै छोरा राजु थापाले स्वर दिएर नयाँ स्वरको गित बजारमा आएको हो ।
सिन्धुलीको ऐतिहासिकता बोकेको गीतको छायांकन सिन्धुली जिल्लाकै सेरोफेरोमा भएको छ । जस्मा रमेश विश्वकर्मा र दीप्सा कार्की मुख्य भूमिकामा देखिएका छन् भने पवन केसी, सत्यदेबी पबित्रा रम्तेल तथा काजी थापाले सहायक भूमिका निर्बाह गरेका छन ।
गितको दृश्य कैद बासु बराल ले गरेका छन भने भिडियो निर्देशन क्रान्ति केसीले गरेका छन । नयाँ स्वरमा आएको गीतले फेरि सम्पुर्ण दर्शकको मन जित्ने गीत निर्माण पक्षले बताएको छ ।