पक्षपाती एमालेको ओली सरकार, आफ्नो नेता छाड्ने रास्वपाको थुन्ने

    
पक्षपाती एमालेको ओली सरकार, आफ्नो नेता छाड्ने रास्वपाको थुन्ने

दुवै हिजोका घटना हुन । हिजो भएका यी दुई घटनाले धेरैलाई सोच्न बाध्य बनाएको भनि सामाजिक संजालमा विवाद सुरु भएको छ । एउटातिर- एमालेका केन्द्रीय सदस्य ऐन महर अदालतको पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेर तुरुन्तै छुटे ।

अर्कोतिर- रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेललाई ह्वाट्स एप म्यासेजमा गाली गरेको आरोप लाग्दा बिरामी अवस्थामै साइबर ब्युरो उनको घरमा पुगेर पक्राउ गर्यो र उनलाई थुनामै राखियो ।

यसरी एउटै दिन दुई फरक पार्टीका नेतामाथि फरक–फरक व्यवहार हुँदा धेरैलाई न्याय प्रणालीमै असमानता छ कि ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । तपाईलाई असमानता भएको जस्तो लाग्छ कि लाग्दैन ? आफ्नो विचार राख्नुहोला ।