काठमाडौ । आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जको टुङ्गो लगाएको हो । नेकपा एमालेले ओखलढुंगाको इन्चार्जमा यज्ञराज सुनुवारलाई जिम्मेवारी दिएको छ । नेकपा एमालेको जिल्ला अधिबेशन पछि आन्तरिक शक्ति सन्तुलनमा सुनुवार पक्षमा आयको निराशा पुर्ण रुपमा हटेर गएको छ ।
सुनुवारको जिम्मेवारीले जिल्लाका पार्टी गतिविधि पुरानै लयमा फर्काउने आशा गरिएको छ । सस्थापन पक्षले गर्ने पार्टी हरेक निर्णय र एकाधिकार यज्ञराजको जिम्मेवारीले पुर्ण रुपमा हटाईदिएको बताईएको छ । सुनुवार पक्षमा यो आजको निर्णयले सन्जिवनिको काम गरेको एक नेताको दाबी छ । सुनुवार एमालेको केन्द्रीय कमिटी सदस्य एवं संविधानसभा सदस्य हुन ।
उता ओखलढुंगाका नेता किशोर अधिकारीले सोलुखुम्बु इन्चार्जको जिम्मेवारी प्राप्त गरेका छ्न भने कोशी प्रदेशको इन्चार्जमा पुर्ब मुख्यमन्त्री शेरधर राईलाई तोकेको एमाले प्रचार बिभागका सदस्यले बताए ।