सुनकोशी गाउँपालिका ओखलढुंगाको सुनकोशी माबिमा खड्काद्वारा शैक्षिक सामाग्री बितरण !

    
सुनकोशी गाउँपालिका  ओखलढुंगाको सुनकोशी  माबिमा खड्काद्वारा शैक्षिक सामाग्री बितरण !

ओखलढुंगा । सुनकोशी गाउँपालिका – २ ओखलढुङगाका युवा समाजसेवी गणेश वहादुर खडकाले श्री सुनकोशी मा वि बलखु गौडामा शैक्षिक सामाग्री र स्कुल डेसका कपडा बितरण गरेका छन । करिव ३२४ थान कपी, कलम, भलिवल, नेट र विपन्न विध्यार्थीका लागी ६९ जोर कपडा वितरण गरेको विध्यालय स्रोतले वताएको छ । करिब ८० हजार बराबरको शैक्षिक सामाग्री बितरण गरेको बिध्यालय प्रसासनले बताएको छ । विपन्न विध्यार्थीको आर्थीक अवस्था कमजोर रहेकाले यस्था सहयोगले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अभिभावकहरुले वताएका छन ।
ग्रामिण समुदायका विध्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा यो सहयोगले ठुलो महत्त्व राख्ने भएकाले आफुले कक्षा १० सम्म अध्यान गरेको विध्यालयलाई सहयोग गरेको खडकाले प्रष्ट पारे । यो सहयोगले विद्यार्थीमा थप हौसला बढाएको प्रधानध्यापक तारानाथ पहाडीले वताए। सामाजिक क्षेत्रमा क्रियाशिल खडका सोही वडाका स्थानीय हुन ।