काठमाडौ । चम्पादेबी गाउँपालिका 6 ओखलढुंगा स्थित ज्ञान ज्योति सामुदायिक क्याम्पसको संचालक समिती अध्यक्षमा धन बहादुर (डिबी) गिरी निर्बाचित भएका छ्न । सामाजिक क्षेत्रमा क्रियाशिल गिरी शैक्षिक अभियान्ता समेत हुन । गिरीले आफ्ना प्रतिद्वन्दी लिला बहादुर कटवाललाई पराजित गरेका हुन ।
ओखलढुंगाको पुरानो बिध्यालयको रुपमा रहेको यो बिध्यालय पछि सामुदायिक क्याम्पसमा परिणत भएको थियो । यो क्याम्पस ओखलढुंगाको पश्चिम भेग चिनाउने र अहिलेका जिल्लाका चर्चित नेता उत्पादन गर्ने शिक्षालय तथा घोराखोरीको चिनारी समेत हो ।
अध्यक्ष गिरी सहित बिनोद कार्की, देबीमाया खड्का, कर्ण बहादुर भुजेल, धन बहादुर खत्री, सुदर्शन कार्की, शान्ति खत्री, लक्ष्मी खड्का, ध्रुव राज थापा र बीरबहादुर कार्की सदस्यमा निर्बाचित भएको चम्पादेबी गाउँपालिकाका प्रबक्ता सुजन पौडेलले बताए ।