दाहालद्वारा शैक्षिक सामाग्री बितरण : नेपाली काङ्ग्रेस ओखलढुंगाको गतिशिल धाबक !

    
दाहालद्वारा शैक्षिक सामाग्री बितरण : नेपाली काङ्ग्रेस ओखलढुंगाको गतिशिल धाबक !

ओखलढुंगा । मोलुङ्ग गाउँपालिका – 2 ओखलढुङगा स्थित गणेश मा वि ढुस्केमा मित्रसेन फाउन्डेसनले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनका अध्यक्ष तथा नेपाली काग्रेस ओखलढुङगाका प्रभाबशाली नेता हरि प्रसाद दाहालले ग्रामिण क्षेत्रका वालवालिकाको शैक्षिक सुधारमा टेवा पुगोस भन्ने उदेश्यले करिव एक लाखको सामाग्री वितरण गरेका हुन ।
१७२ जना विध्यार्थी रहेकामा एक जना वरावर आधा दर्जन कपी, कलम, इलेजर, ज्यामिति वक्स लगाएतका शैक्षिक सामाग्री वितरण गरेको विध्यालय स्रोतले वताएको छ । दाहालले यस अगाडी समेत जिल्लाको खिजिदेम्वा गाउँपालिकाको एक विध्यालयका विध्यार्थीलाई ट्याकसुट लगायतका सामाग्री वितरण गरिसकेका छन । समाजसेवाका हरेक गतिविधिमा लाग्ने हाम्रो संस्थाको पवित्र उदेश्य हो उनले भने यो र यस्था अभियान निरन्तर ओखलढुङगामा जारी रहने छन ।
नेपाली काग्रेस ओखलढुङगाका पार्टी सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, सचिव अजय लुईटेल, नेता कुमार श्रेष्ठ लगायतका नेताको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको हो । पछिल्ला दिनमा राजनितिमा सक्रिय रहेका दाहाल ओखलढुङगाका हरेक गतिविधिमा सक्रिय छन । दाहाल पार्टी सभापति खनालका सबैभन्दा बिश्वास पात्र नेता हुन ।
सामाजिक क्षेत्रमा देशकै उदाहरणीय ब्यतिको उपमा पाएका दाहाल राजनितिकवाट नितान्त समाज परिवर्तन गर्न पर्छ भन्ने उदेश्यले प्रेरित भएका नेता हुन । जिल्लाको समग्र राजनितिकमा केहि वर्ष देखी होमिएका दाहालले पार्टी संगठनमा दर्विलो उपस्थिति जनाई सकेका छन ।
दाहाल नेपाली कागे्रसको १५ औं महाधिवेशनमा पार्टीको स्वभाविक जिल्ला उपसभापति वा सचिव मध्येका आकाक्षी समेत हुन । विकसित घटना क्रम र परिस्थितिले ८४ को प्रदेश निर्वाचनमा क क्षेत्रवाट उनि एकल धावक वन्ने सम्भावना रहेको एक काग्रेस नेताले वताए । हरेक सामाजिक गतिविधी जनतासग प्रत्येक्ष जोडिने खालका भएकाले उनि सफल राजनितिकका स्वभाविक भागेदार रहेको उनले ठोकुवा समेत गरे ।