काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९ गते बिहान ११ गते पार्टी कार्यालय बीपीनगर सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाइएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एकमात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध गरिरहेको कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ ।
नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ । प्रचण्ड सरकारले हिजो बिश्वासको मत लिने क्रममा दिएको कडा चेतावनी र गृहमन्त्री रबि लामिछानेले पार्टीका नेता माथी लगाएको लान्छना बारे समेत आफ्नो धारणा बनाउने भएका कारण आजको बैठक महत्त्वपूर्ण हुने एक नेताले बताए ।