काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । शनिबार भएको साधारण सभापछिको निर्वाचनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आइतबार बिहान सम्पन्न मतगणनामा थापा अध्यक्षमा निर्वाचित भएका हुन, प्रथम उपाध्यक्षमा विनोदजंग केसी, यस्तै द्वितीय उपाध्यक्षमा रामप्रसाद गैरे, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने, महासचिवमा महेश कुमार बस्नेत, सचिवमा तुलसी राम पुरी, सहसचिवमा राज काजी लामा, कोषध्यक्षमा हिमा गुरुङ, सहकोषाध्यक्षमा लिल बहादुर तामाङ निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा देवीप्रसाद गिरी, शालिकराम अधिकारी, दिपक कुमार राय, सौरभ आचार्य, विद्यालक्ष्मी बज्राचार्य, अभिनयमान सिंह बस्नेत, राजेश्वर यादव, सविता कुमारी सिंह,रोशना निरौला र महेश कुमार श्रेष्ठ निर्वाचित भए ।
निर्वाचित भएका सह कोषाध्यक्ष लिल वहादुर तामाङ नेपाली काग्रेस ओखलढुङगा प्रदेश (ख) का कार्यसमिति सदस्य समेत हुन । तामाङ डोटी ओभरसिज मेनपावर संचालक हुन भने सामाजिक रुपमा अगाडी रहेका छ्न ।