नेपाली काङ्ग्रेस ओखलढुंगाको प्रशिक्षण बर्ष 2080 सम्पन्न

    
नेपाली काङ्ग्रेस ओखलढुंगाको प्रशिक्षण बर्ष 2080 सम्पन्न

ओखलढुङगा । नेपाली काँग्रेस जिल्ला कार्यसमिति ओखलढुङगाले प्रशिक्षण वर्ष २०८० सम्पन्न गरेको छ । पार्टीको केन्द्रिय कार्यलयले जारी गरेको परिपत्र अनुसार जिल्ला कार्यसमितिले आठ वटै तहमा प्रशिक्षण सम्पन्न गरेका हो । प्रशिक्षण बिभागका संयोजक तथा उपसभापति नवराज केसीका अनुसार प्रशिक्षण गर्न वाँकी जिल्लाका चम्पादेवी, सुनकोशी, मानेभन्भ्याङ र मोलुङ गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको वताए । सभापति तेजन खनालको प्रत्येक्ष निर्देशनमा भएको कार्यक्रममा स्थानिय नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो । प्रशिक्षक डा कृष्ण पौडेलले चम्पादेवी र सुनकोशी गाउँपालिकामा र अर्का प्रशिक्षिक पुरुशोतम दाहालले मानेभन्भ्याङ र मोलुङ गाउँपालिकामा प्रशिक्षेण दिएका थिए । सभापति तेजन खनाल लगायत नवराज केसी, कमल तमाङ, कुमार लुईटेल, रुद्र अधिकारी, वाला अधिकारी, ज्ञानेन्द्र रुमदाली, अजय लुईटेल, नविन राई, भोजकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । यही प्रशिक्षणको अवसरमा सभापति तेजन खनालले नेता कुलबहादुर श्रेष्ठलाई जिल्ला कार्य सम्पादन समितिको सदस्यमा मनोनित गरेको पत्र प्रदान गरेको पार्टी प्रवक्ता प्रदिप वानियाले वताए । उक्त कार्यक्रममा पार्टीले स्थानिय जनता र जनप्रतिनिधिका विचमा हुने गरेका गुनासा, काम कर्तब्य र अधिकारका विषयमा गम्भिर समिक्षा गरेको पार्टी सचिव अजय लुईटेलले वताए । उनले भने जनताका समस्या धेरे छन तर प्रथामिकताका आधारमा गुनासा सम्वोधन गर्न पार्टीले पहल गर्ने समेत वताए ।