काङ्ग्रेस दलबल सहित ओखलढुंगा जाँदै, लुइँटेल जिताउने शिर्ष नेताको सड्ढल्प

    
काङ्ग्रेस दलबल सहित ओखलढुंगा जाँदै, लुइँटेल जिताउने शिर्ष नेताको सड्ढल्प

युबराज पहाडी

काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाका प्रतिनिधिसभा उम्मेदवार कुमार लुइँटेलको पक्षमा पार्टी भित्रको जनलहर ह्वातै बढेको छ । पार्टी भित्र तितामिठा कुरालाई समान्यकरण गर्दै काङ्ग्रेस निर्वाचन केन्द्रित अभियानमा दलबल सहित जुटेको हो ।

पार्टीका नेता बाला अधिकारी, रामहरि खतिवडा, प्रदीप सुनुवार, तेजेन्द्र खनाल, नबराज केसी, कमल तामाङ, रुद्र अधिकारी, खिलानाथ दाहाल, गोमा केसी, अजय लुइँटेल, बुद्व लामा, ज्ञानेन्द्र रुम्दाली, नवीन राई, बालकृष्ण दाहाल, हरि दाहाल, बेद बहादुर रोक्का, भुपेन्द्र बस्नेत, भोजकुमार श्रेष्ठ, उज्वन बुढाथोकी, राजकुमार ढुंगाना, लिलाबल्लब दाहाल, अशोक कार्की, गोबिन्द पौडेल, राजन सुबेदी, भुवन भट्टराई, बिनोद केसीको अथक प्रयासमा पार्टी जुरुक्क उठेको हो ।

पार्टीका जिल्ला लिडरहरुलाई आम कार्यकर्ताले एकजुट हुन सुझाब दिए बमोजिम लुइँटेललाई जिताउन पार्टी इतिहासकै एकताबद्व भएको छ स्रोतले भन्यो । पार्टीको आन्तरिक तयारी हेर्दा यो खालको एकता पहिलो चोटि देखेको भन्दै एक कार्यकर्ताले भने बजार हल्ला उनिहरुको आत्मारती हो ।

निर्वाचनका बेला सानातिना समस्या आउने जाने हुन्छ्न तर काङ्ग्रेस भित्रको आन्तरिक एकता यति मजबुत हुँदै गएको छ, जहाँ बिमती नै छैन । हरेक नेताको ध्यान पार्टीका उम्मेदवार लुइँटेल जिताउने बाहेक केही छैन स्रोतले भन्यो ।

जिल्लामा पहिलो शक्ति रहेको काङ्ग्रेस लुइँटेल जिताउने अभियान लिएर युबा शक्तिका साथ मतदाताको घर आगनमा पुग्ने तयारी गरिरहेको छ । जिल्लामा गर्नु पर्ने बिकास र जनताका आवस्यकतालाई घोषणापत्रमा समेटेर प्रत्येक वडा-वडा उम्मेदवार सहित पुग्ने तयारी गरेको पार्टी नेता रुद्र अधिकारीले बताएका छन ।