ओखलढुंगाको निर्वाचनमा चारजनाको रोचक प्रतिस्पर्धा हुने

    
ओखलढुंगाको निर्वाचनमा चारजनाको रोचक प्रतिस्पर्धा हुने

काठमाडौ । आगामी प्रतिनिधिसभको निर्वाचनमा ओखलढुंगामा चारपक्षीय नेताका बिच रोजक प्रतिस्पर्धा हुने भएको छ । आज उम्मेदवारीको मनोनीत गरेका नेताको अनुहारले प्रतिस्पर्धा थप रोचक बनेको हो ।

नेपाली काङ्ग्रेस उम्मेदवार कुमार लुइँटेल, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बिश्वराज पोखरेल र नेकपा एमालेकि अस्मिता थापाका बिच तिब्र प्रतिस्पर्धा हुने सहज अनुमान गरिएको छ ।

जिल्लाको भौगोलिक अवस्था, पार्टी भित्रका असन्तुष्ट समुह, पालिकामा रहेको संचित शक्ति हेर्दा यो निर्वाचन रोचक ठाउँमा पुगेको हो स्रोतले भन्यो ।

विभिन्न स्रोतअनुसार ठुला पार्टी आन्तरिक समस्यामा रुमलिएका कारण त्यसले दिने परिणामको आकलन गर्न नसकिने प्रतिस्पर्धामा रहेका पार्टी कार्यकर्ताको धारणा छ ।