काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगामा प्रतिनिधिसभको टिकटमा झमेला देखिएको छ । हिजो राती रामहरि खतिवडाको टिकट फाइनल भएर पनि फेरि झमेला गरिएको पार्टी स्रोतले बताएको हो ।
पार्टी सभापति गगन थापा र उपसभापति बिश्व प्रकाश शर्माको बिचमा कुरा नमिल्दा ओखलढुंगाको उम्मेदवार अहिलेसम्म अनिश्चित बनेको पार्टी दाबी छ । रामहरि खतिवडा र कुमार लुइँटेलको नाममा अन्तिम रस्साकस्सी भईरहेको छ ।