काठमाडौँ । निर्वाचन आयोगले काङ्ग्रेसको आधिकारिकता विवाद आजै टुङ्ग्याउने तयारी गरेको छ । माघ ६ गते उम्मेदवारी दर्ता गर्नु पर्ने, भोलि शनिबार बिदा भएकाले जतिसक्दो चाँडो आधिकारिकता विवादमा निर्णय दिने अवस्थामा आयोग पुगेको हो ।
सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन नेतृत्वको सभापति गगन थापा पक्ष आयोगमा पुगेपछि आयोगले छिनोफानो गर्न लागेको हो । आजै चुनाव चिन्ह र चारतारे झण्डाको आधिकारिक छिनोफानो हुने छ स्रोतले भन्यो ।
Post Views: 198