काङ्ग्रेसको खम्बा बने एमाले अध्यक्ष ओली, आधिकारिक देउवा भन्दै गरे समर्थन

    
काङ्ग्रेसको खम्बा बने एमाले अध्यक्ष ओली, आधिकारिक देउवा भन्दै गरे समर्थन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेस सस्थापन समुहको पक्षमा खरो उत्रिएका छन । उनले नेपाली कांग्रेस लोकतन्त्र ल्याउने र बचाउने ठूलो शक्ति भएको हुँदा बाह्य तत्त्वले पार्टी कमजोर पार्न खोजेको बतएका हुन ।

कांग्रेसभित्रको विवाद समाधान गर्ने स्पष्ट कानुन र ऐन भएको हुँदा निर्वाचन आयोगले तलमाथि गर्नै नपर्ने जिकिर गरे । उनले भने, ‘के निर्णय गर्ने भन्ने कुरा कानुनसम्मत स्पष्ट छ ।

विशेष महाधिवेशन किन भनेकोको नाममा गरिने कार्यले पार्टीलाई कहाँ पुर्याउछ । फटाफट निर्वाचन आयोगले देउवा नेतृत्वको काङ्ग्रेसलाई आधिकारिक दिनुपर्छ उनले भने । उनले भनेका छन पुरै केन्द्रिय समिति देउवा पक्षमा छ किन बिधान हेर्न पर्यो निर्णय गर्न ढिलो गर्न हुन्न ।