काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस प्रवक्ताको जिम्मेवारी देवराज चालिसेलाई दिइएको छ । आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई प्रवक्ता तोकेको हो ।
पाका नेताहरुबाट पार्टी चल्दैन भन्दै युबाले पार्टीमा हस्तक्षेप गर्नुपर्छ भन्ने विशेष महाधिवेशन पक्षधरको प्रबक्तामा बुढा नेताले स्थान पाउनु दुर्भाग्य हो एक नेताले भने ।
युबाको बाहुल्य रहेको भनिएको कार्यसमितिमा ६ दशक माथिका नेताले प्रबक्ता जस्तो जिम्मेवार पाउनु परिवर्तन हो वा होइन प्रश्न उठेको छ स्रोतले भन्यो ।