ओखलढुंगाको इतिहासमा पहिलो काङ्ग्रेस केन्द्रिय सदस्यमा अधिकारी निर्वाचित

    
ओखलढुंगाको इतिहासमा पहिलो काङ्ग्रेस केन्द्रिय सदस्यमा अधिकारी निर्वाचित

काठमाडौ । नेपाली काङ्ग्रेसको काठमाडौमा जारी विशेष महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट ओखलढुंगाकि नेता बाला अधिकारी केन्द्रिय सदस्यमा निर्वाचित भएकी छिन ।

ओखलढुंगाको राजनीतिमा प्रभावशाली नेताको रुपमा चिनिएकी अधिकारी ओखलढुंगाको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, पत्रकार महासंघको पुर्ब कार्यबाहक अध्यक्ष समेत हुन ।

ओखलढुंगाको इतिहासमा नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य महिलाले पहिलो पटक पाएको हो ।  अधिकारीले ओखलढुंगाको ऐतिहासिक जिम्मेवारी पाएकोमा ओखलढुंगाका आम कार्यकर्ताले खुसी ब्यक्त गरेका छन ।

गएराती सम्पन्न महाधिवेशनले सभापतिमा गगन थापा लगायत सम्पुर्ण कार्यसमिति निर्बिरोध चयन गरेको छ ।