काठमाडौ । विशेष महाधिवेशनमा सहभागी हुन आएका काङ्ग्रेस महाधिवेशन प्रतिनिधि धमाधम घर फर्कन लागेका छन । विशेष महाधिवेशनको नाममा पोक्सी प्रतिनिधि खडा गरेर प्रतिनिधिको फर्जी सङ्ख्या बढाएको, पार्टी फुटाउने तर्फ अभिव्यक्ति दिएको भन्दै प्रतिनिधि घर फर्किएका हुन ।
काभ्रे जिल्ला महाधिवेशन प्रतिनिधि लक्ष्मी खरेल उप्रेतीका अनुसार आफू लगाएत आफू बसेको स्थानका धेरै प्रतिनिधि घर फर्किएको बताईन । पार्टी फुटाउने योजना असफल होस उनले भनिन । बार्गेनिङ, छलछाम विरुद्ध यो जारी महाधिवेशन बहिष्कार गरेर हिड्यौ एक प्रतिनिधिले भने ।