विशेष महाधिवेशनमा कार्यकर्ताको न्यून उपस्थिति, पार्टी फुट्ने डरले घट्यो बिश्वास

    
विशेष महाधिवेशनमा कार्यकर्ताको न्यून उपस्थिति, पार्टी फुट्ने डरले घट्यो बिश्वास

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । राजनीति भबिष्यको चिन्ता, पार्टी फुट्न सक्ने डरत्रासमा रहेका प्रतिनिधिमा उल्लास भने कम देखिएको पार्टी हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसी, तारानाथ रानाभाट, चन्द्र भण्डारी, सुनिल शर्माको उपस्थिति देखिएको छ ।

जति प्रचार प्रसार र  तामझाम गरेपनी पार्टी फुट्ने डरले आम कार्यकर्ताको न्यून उपस्थिति देखिएको छ । यधपी उपस्थिति मध्येका केही प्रतिनिधिहरूले ‘अब पालो गगन-विश्व युग’ को भन्दै नारा लगाइरहेका छन ।