काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाकि महाधिवेशन प्रतिनिधि, कोशी प्रदेश सदस्य सबिता राईले विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिएकी छिन । नेपाली काङ्ग्रेस कोशी प्रदेश सभापति उद्वब थापाको रोहबरमा राईले हस्ताक्षर फिर्ता लिएकी हुन ।
सभापति थापाले हस्ताक्षर फिर्ता लिएको हामीसगको कुराकानीमा बताएका छन । ओखलढुंगाका २७ जना प्रतिनिधिमा १२ जनाले विशेषको पक्षमा हस्ताक्षर गरेका भएपनी राईको फिर्ता भएसगै ११ जनाले भने विशेषको पक्ष लिएका छन । जिल्ला सभापति तेजेन्द्र खनालका अनुसार अन्य केही प्रतिनिधिले समेत फिर्ता लिन सकारात्मक कुरा गरेको बताएका छन ।
नेताहरू कुमार लुइटेल, रुद्रप्रसाद अधिकारी, बाला अधिकारी, सर्वधन तामाङ, हरिप्रसाद दाहाल, बेदबहादुर रोक्का, कुमारबहादुर श्रेष्ठ, प्रकाश दाहाल, दुर्गाकुमारी तामाङ, होमबहादुर विक र अर्चना लुइटेलले भने समर्थन यथावत राखेका छन।