गगन- बिश्वलाई अन्तिम प्रश्न महाधिवेशनको निर्वाचन समिति बन्यो कि बनेन

    
गगन- बिश्वलाई अन्तिम प्रश्न महाधिवेशनको निर्वाचन समिति बन्यो कि बनेन

कि यो महाधिवेशनले टिके प्रथा ल्याउने हो

काठमाडौ । नेपाली काङ्ग्रेसको  विशेष महाधिवेशन आजदेखी काठमाडौमा सुरु हुने आयोजकको दाबी छ । महाधिवेशन कसरी अगाडी बढ्छ अन्योल कायमै छ ।

विशेष महाधिवेशनका काम अगाडी बढाउन बनेका १८ वटा उपसमितिले काम गरिरहेका छन । तर महाधिवेशनको मुल उदेश्य नेतृत्व फेर्न पर्छ भन्ने कार्यकर्ताको भावना बमोजिम निर्वाचन समिति गठन भएको समाचार आएको छैन । त्यसैले गगन- बिश्व नेतृत्व बदल्न  तयार हुन वा होईन  शंका यथावत रहेको स्रोतको भनाई छ ।

तर महाधिवेशन आयोजना भइसक्यो । नेतृत्व चयन नगरी महाधिबशेन टुंगियो भने झन प्रत्युत्पादक हुने कार्यकर्ताको बुझाई रहेको छ स्रोतले भन्यो ।

तर १८ वटा उपसमिति गठन हुँदा निर्वाचन समिति गठन भएको समाचार आएको छैन । त्यसैले गगन थापा माथि शंका गर्नुपर्ने ठाउँ अझै बाँकी छ । सभापति हलले सहमतिमा टिको लगाएर छान्ला तर केन्द्रिय नेतृत्व छान्न त निर्वाचन समिति चाहिएला स्रोत भन्छ ।