कोशी प्रदेशका १४ मध्ये ८ सभापति विशेषको विरुद्ध
काठमाडौ । कोशी प्रदेशका १४ मध्ये ८ जिल्ला सभापतिले नियमित महाधिवेशनको तालिका अनुसार काम गर्न बिज्ञप्ति मार्फत आग्रह गरेका हुन । प्रेस विज्ञप्तिमा पार्टीभित्र उठिरहेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको कारण सहभागीता नहुन भनिएको छ ।
जिल्ला सभापति तेजेन्द्र खनाल, मोरङका डिगबहादुर लिम्बु, झापाका देउमान थेवे, खोटाङका विष्णुकुमार राई, पाँचथरका रुपनारायण जबेगू, इलामका डम्बर खड्का, ताप्लेजुङका गजेन्द्र तुम्याहाङ सुब्बा र संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले संयुक्त बिज्ञप्ति निकालेका हुन ।
यसैबीच ओखलढुंगाका पार्टी सभापति खनालले संयमित, अनुशाशित हुन जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । उनले भने कुनै पनि बाहानामा समानान्तर गतिविधि नगर्न आग्रह गर्दै आफ्नो फरक बिचार राख्दा संयमित भएर पार्टीको मूल्य मान्यतामा आघात नपुर्याई राख्न अनुरोध छ । सकेसम्म गैरराजनीतिक क्रियाकलापमा सहभागी नहुन पनि जिल्लाका कार्यकर्तालाई आग्रह गर्छु उनले भने ।
Post Views: 823