अन्ततः गले देउवा, राष्ट्रपतिको सुझाव अनुसार शेखरलाई विवाद मिलाउने जिम्मा

    
अन्ततः गले देउवा, राष्ट्रपतिको सुझाव अनुसार शेखरलाई विवाद मिलाउने जिम्मा

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेसका सभापति शेरबहादुर देउवा बिच पार्टीको पछिल्लो द्वन्द समाधानको बिसयमा भएको छलफल सकिएको छ । पौडेल भेट्न सितलनिवास पुगेका देउवा त्यहाँबाट निस्किर शेखर कोइरालासग परामर्शमा ब्यस्त रहेको पार्टी स्रोतले बताएको छ ।

देउवा र  कोइराला बिच  विशेष महाधिवेशनलाई तत्काल सम्बोधन गरेर जान सहमत भएका हुन । पार्टी स्रोतले बताए अनुसार विशेष महाधिवेशनको अपनत्व लिन देउवा तयार भएका छन ।

यो महाधिबेशनलाई निति, बिधान वा सड्ढल्प  अधिबेशनमा रुपान्तरण गर्न गगन- बिश्व तयार भए पार्टीले स्वामित्व लिन रास्ट्रपति पौडेलले समेत सुझाव दिएको बताईएको छ ।

गगन- बिश्वको  जिम्मा कोइरालाले लिनुपर्ने बिसयमा अहिले देउवा र कोइराला बिच सहमति हुने समाचार स्रोतहरुको दाबी छ ।