काठमाडौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी अनुशासन उलंघन गरेको भन्दै महामन्त्री गगन थापा- बिश्व प्रकाश शर्मालाई कारबाही गर्न सक्ने संभावना बढेको छ ।
पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले ल्याएको नियमित महाधिवेशनको कार्यतालिका विरुद्ध औपचारिक रुपमा विशेष महाधिवेशन बोलाएर अनुशासन उलंघन गरेको आरोप थापा- शर्मामाथि लगाईएको हो ।
कारबाही कुन तहको गर्ने सल्लाह गर्न आज बस्ने केन्द्रीय सम्पादन समिति बैठकअघि सभापती देउवा आफु निकट नेतासँग छलफलमा जुटेका छन ।
पार्टी सभापति पक्ष केन्द्रीय कार्यसम्पादन समितिबाट वारपारको लडाइँ लड्ने तयारीमा रहेको पार्टी स्रोतले बताएको छ । आज वा भोलि एउटा निर्णयमा पुग्ने स्रोतले पुष्टि गरेको छ ।
विभिन्न विकल्प दिएर सहमति गर्ने त्यो हुन नसके पार्टीबाट निष्कासनको कारबाही गर्ने रणनीतिमा त्यो पक्षबीच सहमति जुटेको छ स्रोत भन्छ ।