काठमाडौ । नेपाली कांग्रेसको नियमित तथा विशेष महाधिवेशनका घोषित दुई मिति विवाद समाधानका लागि मध्येमार्गी उपाय ‘संकल्प सम्मेलन’ आयोजनाबारे छलफल भएको छ ।
समस्या समाधानबारे सभापति शेरबहादुर देउवा, पुर्णबहादुर खड्का, गगन थापा र बिश्वप्रकाश शर्मा बिच सहमति प्रयास जारी छ । मध्येमार्गी सहमति अनुसार विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको सट्टा सड्ढल्प सम्मेलन गर्ने, त्यसको आयोजक केन्द्रिय समिति हुने छ ।
महामन्त्री शर्माको प्रस्ताव अनुसार पुस अन्त्यमा संकल्प सम्मेलन र फागुन २१ निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने सहमति अनुरुप छलफल अगाडी बढेको उच्च स्रोतले बताएको छ ।
खड्का र महामन्त्रीद्वय थापा–शर्माबीच आज बस्ने कार्यसम्पादन बैठक अगाडी सहमति गरिसक्ने पार्टी स्रोतले भनेको छ ।