ओखलढुंगाकि शृजना सुनुवार काठमाडौ शाखा सन्चालिका
काठमाडौ । कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चर्चित नमसेवाल बेकरीको शाखा काठमाडौको पेप्सीकोलामा खुलेको छ । आज एक समारोहको बिच उक्त बेकरीको उद्घाटन गरिएको सन्चालक सृजना सुनुवारले जानकारी दिईन ।
उनका अनुसार बेकरीका मुख्य संचालक टार्जन सुनुवार र वसन्त सुनुवारको सहयोगमा आफुहरुले काठमाडौमा शाखा खोलेको बताइन । यो शाखाबाट ग्राहकले केक र बेकरी समन्धिका खानेकुरा प्राप्त गर्ने संचालक टार्जन सुनुवारले बताए । ग्राहकको चाहना बमोजिम यो बेकरी सुद्व शाकाहारी हुनेछ ।
संचालक सृजना सुनुवार ओखलढुंगाको सुनकोशी गाउँपालिकाकी स्थानीय हुन । उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छिन । यो बेकरी ब्राण्डका संचालक टार्जन र वसन्त सुनुवार सुनसरीका स्थायी बासिन्दा हुन । सुनसरी र मोरङ लगायत पुर्बी नेपालमा यो बेकरी गुणस्तर, स्वस्थ रहेको कारण चर्चित छ ।