नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालय पुननिर्माण गर्न ओखलढुंगाका नेता तामाङद्वारा २५ लाख सहयोग हस्तान्तरण

    
नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालय पुननिर्माण गर्न ओखलढुंगाका नेता तामाङद्वारा २५ लाख सहयोग हस्तान्तरण

युबराज पहाडी

काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाका युबा नेता लील तामाङले पार्टीको केन्द्रिय कार्यालय पुनर्निर्माण गर्न २५ लाख सहयोग गरेका छन । तामाङले आज पार्टीका केन्द्रिय कार्यबाहक सभापति पुर्ण बहादुर खड्का र कोषाध्यक्ष उमेश श्रेष्ठलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन ।

गत भाद्र २३ र २४ को जेनजी आन्दोलनले पार्टी कार्यालयमा आगजनी हुँदा पुर्ण रुपमा ध्वस्त भएको थियो ।  ध्वस्त पार्टी कार्यालय निर्माणको लागि आम कार्यकर्तासग पार्टीले सहयोगको अपिल गरे बमोजिम आफुले स्वस्फुर्त उक्त रकम सहयोग गरेको तामाङले बताए ।

तामाङ सुनकोशी गाउँपालिका- २ ओखलढुंगाका नेता हुन ।  उनी  वैदेशिक रोजगार, घरजग्गा कारोबार ब्यबसायी हुन । तामाङ नेपाली काङ्ग्रेस ओखलढुंगा प्रदेश ख कार्यसमिति सदस्य तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यबसाय एसोसिएसन फोरमका सह-कोषाध्यक्ष रहेका छन ।