ओखलढुंगाको १५ औं अधिबेशनमा सुनकोशीबाट देखिने काङ्ग्रेसका चर्चित अनुहार

    
ओखलढुंगाको १५ औं अधिबेशनमा सुनकोशीबाट देखिने काङ्ग्रेसका चर्चित अनुहार
  • पालिकाका प्रत्येक वडाका युबाको आआफ्नो तिब्र तयारी 
  • महाधिवेशन प्रतिनिधिमा अधिकाम्शको चाहना

युबराज पहाडी

काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाको आगामी १५ औं अधिबेशनमा सुनकोशी गाउँपालिका जिल्लाको मुख्य निर्णायक प्रतिनिधि भएको गाउँपालिका हो । जिल्लाका ८ गाउँपालिका मध्ये सुनकोशी गाउँपालिकामा अत्याधिक प्रतिनिधि,  प्रभावशाली नेताहरु रहेको कारण पनि जिल्ला नेतृत्वको सार्बाधिक चासोमा यो पालिका परेको हो ।

आगामी जिल्ला अधिबेशनमा पार्टी सभापतिको प्रतिस्पर्धामा उत्रने कमल तामाङ, कुमार लुइँटेल, रुद्र अधिकारी मात्र होइन हजारौं तरुण युबाका आशाका केन्द्र बुद्व लामाको स्थानीय तह रहेकाले सुनकोशी गाउँपालिका हरेक नेताको आकर्षणको केन्द्र बनेको हो । सुनकोशीका डा. खिला सापकोटा, भोजकुमार श्रेष्ठ, सोम तामाङ, डा. प्रकाश राई, खिम तामाङ, राजेश राई, बलराज तामाङको प्रभाव जिल्लाब्यापी रहेका कारण यो पालिका हरेक नेताको प्राथमिकता परेको छ ।

जिल्लाका ८ स्थानीय पालिकामध्ये सबैभन्दा धेरै क्षेत्रीय प्रतिनिधिको प्रतिनिधित्व रहने सुनकोशी गाउँपालिका बुद्व लामाको कमाण्डिङमा एकजुट छ । यहाँका एक दर्जन भन्दा बढी नेता तथा नेतृत्व देखिने, सुनिने र गनिने खालका रहेका छन ।

पालिकाका प्रभावशाली नेता कुमार श्रेष्ठ,  खिला लुइँटेल, लालकुमारी धमला, सुभाष तामाङ, बिष्णु मगर, बिन्दा बोगटी, युबराज पहाडी, बलबहादुर (राज) तामाङ, सुनिता अधिकारी, पुरुशोतम लुइँटेल, योगेश्वर अधिकारी, प्रकाश सापकोटा, अनुपम सापकोटा, तुलाराम पराजुली, बिनोद भट्टराई, शृजना सुनुवार, ढुन्डीराज पहाडी, पेशल पराजुली,  गोबिन्द गिरी, टायन्द्र राई, स्याम कटवाल, चक्र राई, हरिशचन्द्र श्रेष्ठ, हिरा कटवाल, गुणराज भट्टराई, रेवती सुनुवार, जित बहादुर श्रेष्ठ, सुनिल मगर, सन्तोष कटवाल, सुरेश मगर, सरोज धमला, कुमार बहादुर तामाङ, शान्ता मगर, हस्त तामाङ, धनकुमार तामाङ, कर्ण तामाङ पालिकाका सम्भाबित अगाडी बढ्न सक्ने अनुहार हुन ।

जिल्ला अधिबेशनमा सुनकोशी गाउँपालिकाबाट सभापति, उपसभापति, सचीव, सहसचीव, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय/ पालिका सभापति, पदाधिकारी, प्रदेश प्रतिनिधिका रुपमा धेरै नेता मैदानमा उत्रने संभावना छ । आगामी १५ औं अधिबेशनमा सुनकोशीले ओखलढुंगाको भुमिका हलचल  ल्याउने लगभग  पक्का छ ।