काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट कारबाही गर्ने चेतावनी दिएका छन । अधिबेशनमा पराजित भएपछि छुट्टै भेला गरेको भन्दै अध्यक्ष ओलीले अनुशासनको कारबाही गर्ने चेतावनी दिएका हुन ।
पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी पोखरेल पक्षले समीक्षा भेला भन्दै छुट्टै भेला गरेपछि ओलीले कारबाहीको तयारी गरेका छन । उनले पोखरेल र सुरेन्द्र पाण्डेसग स्पष्टीकरण माग्ने तयारी गरेको स्रोतले बताएको छ । फेरि पनि छुट्टै समुहको गतिविधि गरे राम्रो नहुने उनले सङ्केत गरेका हुन ।