काङ्ग्रेस महाधिवेशनको कार्यतालिका परिवर्तन गर्न शिर्ष नेतृत्व तयार महामन्त्रीको समर्थन

    
काङ्ग्रेस महाधिवेशनको कार्यतालिका परिवर्तन गर्न शिर्ष नेतृत्व तयार महामन्त्रीको समर्थन

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिसहितका पदाधिकारीसँग महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरेका छन। केही दिनपछि कार्यसम्पादन समितिको बैठक बोलाउने र त्यही बैठकमा कार्यातालिका हेरफेर हुने तयारी रहेको छ ।

सभापति देउवासँगको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत सहभागी थिए । छलफलमा महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा छलफल भए पनि कार्यातालिका कसरी, कुन तहको हेरफेर गर्ने भन्ने विषयमा भने कुनै टुंगो नलागेको उपसभापति गुरुङले जानकारी दिए ।

तर क्रियाशिल नवीकरण नसकिएको,  नयाँ फारम सम्पुर्ण वडामा नपुगेको, वडा देेेखि जिल्लाको तालिका नमिलेको कारण केही दिन कार्यतालिका सार्ने विषयमा कसैको बिमती नभएको स्रोतले बताएको छ ।