काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको अत्यन्त महत्वपूर्ण काम क्रियाशील सदस्यता नवीकरणको काम समयावधिमा पूरा हुन सकेन ।
पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका कार्यान्वयन गर्न क्रियाशील सदस्यता नवीकरणका लागि मङ्सिर २९ सम्मको म्याद सकिएको हो । तर नवीकरणको समय भने गतराति १२ बजेबाट सकिएको भएपनी नाम अध्यावधिक गर्ने काम नसकिदा थप अन्योल छाएको छ ।
पार्टीमा छलफल गरेर म्याद २,३ दिन थप गर्न आज केन्द्रिय समितिको बैठक बस्न लागेको हो । प्रत्येक जिल्ला जिल्लाबाट गुनासो आएकाले पार्टीले केही समय नवीकरणको सयम थप्ने छ स्रोतले भन्यो । यद्यपि अहिले नयाँ सदस्यता बितरणको काम जारी छ ।