सहकारी संघद्वारा पत्रकार खतिवडा सम्मानित

    
सहकारी संघद्वारा पत्रकार खतिवडा सम्मानित

काठमाडौ । सहकारी सञ्चार डटकमका प्रधान सम्पादक पत्रकार  अर्जुन खतिवडालाई बागमती प्रदेश सहकारी संघले  सम्मानित गरेको छ । सम्पादक खतिवडालाई  संघले पाँचौ साधारण सभाको अवसरमा आज सम्मान गरेको हो ।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरे र कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सयुक्त रुपमा सम्पादक खतिवडालाई सम्मान गरेका थिए ।

सहकारी क्षेत्रलाई मुख्य क्षेत्र  बनाएर लामो समयदेखि यस क्षेत्रको विकास र प्रवर्दनमा  कलम चलाएको  भन्दै उनलाई सम्मान गरेको हो । खतिवडा ओखलढुंगा मोलुङ गाउँपालिकाका स्थायी बासिन्दा हुन उनी हाल कानुन ब्यबसायमा समेत सक्रिय छन ।