ओखलढुंगाबाट प्रतिनिधि सभा उम्मेदवारको नाम काङ्ग्रेसद्वारा सहमतिमा सिफारिस

    
ओखलढुंगाबाट प्रतिनिधि सभा उम्मेदवारको नाम काङ्ग्रेसद्वारा सहमतिमा सिफारिस

काठमाडौ । नेपाली काङ्ग्रेस केन्द्रिय समितिले दिएको निर्देशन बमोजिम ओखलढुंगाले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा लड्ने नेताको नाम सहमतिमा टुङ्गो लगाएको छ ।

उम्मेदवारको नाम सिफारिस गर्न पार्टीले गरेको निर्देशन बमोजिम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ क्रमश रामहरि खतिवडा, बालकृष्ण दाहाल, खिलानाथ दाहाल, गोमा केसी, कुमार लुइँटेल र रुद्र अधिकारीको नाम सिफारिस भएको हो ।

प्रतिनिधि सभाको समानुपातिक तर्फ बाला अधिकारी, सबिता राई, संगिता तामाङ लगायतको नाम सिफारिसमा परेको छ।  रामहरि खतिवडा प्रत्यक्ष तर्फ प्रहिलो  तथा समानुपातिक तर्फ बाला अधिकारीको नाम पहिलो नम्बरमा सिफारिस भएको नेपाली काङ्ग्रेस ओखलढुंगा सह सचीव भोज कुमार श्रेष्ठले बताएका छन ।