काङ्ग्रेस १५ औं महाधिवेशनको महामन्त्रीमा खतिवडाको दाबी, पौडेल, शर्मा र घिमिरेको नाम पनि चर्चामा

    
काङ्ग्रेस १५ औं महाधिवेशनको महामन्त्रीमा खतिवडाको दाबी, पौडेल, शर्मा र घिमिरेको नाम पनि चर्चामा

युबराज पहाडी

काठमाडौ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य रामहरि खतिवडाले आगामी १५ औं महाधिवेशनमा केन्द्रिय महामन्त्रीमा उठ्ने बताएका छन । देशभरका नेता तथा कार्यकर्ताले महामन्त्रीमा उठ्न गरेको आग्रह बमोजिम आफुले तयारी गरेको उनले बताए ।

पुर्ब-पश्चिम, उत्तर-दक्षिणका कार्यकर्ताको भावना अनुसार आफू महामन्त्रीको स्वभाबिक उम्मेदवार रहेको उनले बताए । पछिल्ला दिन खतिवडाले संसद र पार्टीमा पुर्याएको योगदान, जेनजी आन्दोलन पछि देखाएको सक्रियता, पार्टी हितमा खेलेको भुमिका प्रती उनको माग बढिरहेको छ ।

हरेक जिल्ला जिल्लामा खतिवडा महामन्त्री उठ्नुपर्छ भन्ने आवाज उठिरहेको देख्न सकिन्छ । पार्टीको १५ औं महाधिवेशनमा उनले खेल्ने भुमिका महत्त्वपूर्ण रहने भएकाले उनी प्रती सभापतिमा उठ्ने नेता सकारात्मक रहेका हुन ।

यद्यपि सभापतिमा उठ्ने उम्मेदवार, त्यसको नेतृत्व गर्ने समुहले गर्ने मुल्यांकन अनुसार आफू तयार रहेको बताउदै खतिवडाले क्षमतावान नेताहरु महामन्त्रीमा आउनु पर्ने आवश्यकता औल्याए ।

महामन्त्रीको तयारी गर्नेमा खतिवडाका साथै सुनिल शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे, नैनसिंह महर लगायत सम्भाबित नेता छन । हाल अन्य नेताको भन्दा खतिवडाको क्रेज बढ्दै गएको विभिन्न मत पोलिङले समेत देखाएको छ ।