एमाले ओखलढुंगाको अधिबेशन बदर, फेरि अधिबेशन गर्न ५ दिनको अल्टिमेटम

    
एमाले ओखलढुंगाको अधिबेशन बदर, फेरि अधिबेशन गर्न ५ दिनको अल्टिमेटम

काठमाडौ । नेकपा एमाले ओखलढुंगाको ११ औँ महाधिवेशनको प्रतिनिधि छनौट क्रममा उत्पन्न  विवाद प्रदेश र केन्द्रले अस्वीकार गरेको छ । ओखलढुंगाको मतगणना घोषणालाई प्रदेशले मान्यता नदिएपछि केन्द्रले फेरि अधिबेशन गर्न सूचना जारी गरेको हो ।

बहुसंख्यक पालिका कमिटीले गरेको माग, मतदानको बिरोधका बाबजुद अधिबेशन गरेको भन्दै केन्द्रिय कार्यालयले निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न जिल्ला कमिटीलाई निर्देशन गरेको छ ।

अधिबेशन गराउने जिम्मा शेरधन राई, बिशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई ५ दिएको समय दिएको निर्देशनात्मक पत्रमा उल्लेख छ । यो विवादपछि एमाले ओखलढुंगा स्पष्ट दुई समुहमा बिभाजित बनेको छ ।